काठमाडौं– उपसभामुखको निर्वाचनलाई लिएर एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले 'खुसी' व्यक्त गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाबाट बाहिरिने क्रममा उनले भने- ढिलै भए पनि छोरी भयो, खुसी लागेको छ।
उनले अब सबैले आफूलाई समीक्षा गर्नुपर्ने बताए। उनले मंसिरमा स्वस्थ निर्वाचन हुनुपर्ने बताए।
शुक्रबार प्रतिनिधि सभामा भएको निर्वाचनबाट पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएकी छिन्। उनलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।