काठमाडौं– नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफू निर्वाचित भएको 'अवसर'लाई संविधान र लोकतन्त्र पक्षधरका लागि खुसीको दिन भएको बताएकी छिन्।
निर्वाचित भएपछि प्रतिनिधि सभाबाट बाहरिने क्रममा उनले संवैधानिक पदले पूर्णता पाएको बताएन्। 'सदनमा तटस्थताको भूमिका निर्वाह गर्नका लागि जुन भूमिका थपिएको छ, त्यसलाई निर्वाह गर्नेछु', उनले भनिन्।
भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा शुक्रबार भएको निर्वाचनमा १४८ मत परेको थियो। प्रस्तावको विपक्षमा ९३ मत मात्रै परेको थियो। मत दिन्नँ भन्ने पक्षमा १ मत परेको थियो। मतदान प्रक्रियामा २४२ सांसद सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।