काठमाडौं– नेपालमा शुक्रबार एकैदिन २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ३ हजार ७१८ जनाको नमूना परीक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार १ हजार ६४४ जनाको पीसीआर परीक्षण गर्दा १६१ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, २ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ६८ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।
एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ।
थप २२९ जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार १८४ पुगेको छ। २४ घण्टाको अवधिमा ४८ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त भएको छैन। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।