काठमाडौं– नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले उपसभामुख भन्दापनि संवैधानिक परिषद्को सदस्य पाउन लागेको भन्दै व्यंग्य गरेकी छन्। संसद्लाई उपसभामुख नभइ संवैधानिक परिषद्मा आफू अनुकुल सदस्य संख्याका लागि निर्वाचन भइरहेकोतर्फ उनले संकेत गरिन्।
उनले भनिन्, 'संवैधानिक परिषद्मा महिला सदस्य पाउन लागेको छौं। यसका लागि हामी सबैलाई बधाई।' उनले संवैधानिक परिषद्लाई कार्यापालिकाको प्रभावमुक्त बनाउन पनि प्रतिपक्षलाई उपसभामुख बनाउनुपर्ने बताइन्।
प्रतिनिधि सभाको जारी बैठकमा अहिले उपसभामुख निर्वाचनको प्रक्रिया चलिरहेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा हाल २७१ सांसद रहेका छन्। जसमा नेकपा एमालेका ९८ जना रहेका छन् र राप्रपाका एकजनाले सांसदले समर्थन गर्दा ९९ मत हालसम्म आउने अपेक्षा छ।
त्यस्तै, सत्तारुढ ५ दलमध्ये नेपाली कांग्रेसका ६३, नेकपा माओवादी केन्द्रका ४९, नेकपा समाजवादीका २३, जनता समाजवादीका १९ तथा राष्ट्रिय जनमोर्चाका १ गरी जम्मा १५५ जना रहेका छन्। त्यसबाहेक महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीका १३ सांसदले पनि गठबन्धनकै उम्मेदवार भुसाललाई मतदान गर्ने भएका छन्। यसो हुँदा भुसालको पक्षमा १६७ सांसद पुग्ने देखिएको छ। नेमकिपाले भने कसैलाई मत नदिने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।