काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखले विमानस्थलमा स्वागत गरेका छन्।
शुक्रबार काठमाडौंबाट भारतको नयाँ दिल्लीपुगेका प्रचण्डलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले लगायतका उच्च अधिकारीहरूले स्वागत गरेका हुन्।
भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड तीन दिने भारत भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए। उनले भारतीय प्रधानमन्त्री मोदीसँग पनि आफ्नो भेटवार्ता हुने जनाएका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।