काठमाडौं– प्रतिनिधि सभाको उपसभामुख चयनमा नेपाल मजदूर किसान पार्टीले कुनै पनि उम्मेदवारलाई मत नदिने भएको छ।
नेमकिपाका एकमात्र सांसद प्रेम सुवालले उपसभामुखमा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने बताए।
शुक्रबार प्रतिनिधि सभामा उपसभामुख चयन प्रकृया जारी रहेको छ।
सुवालले संसद् सञ्चालन सम्बन्धी केहि सैद्धान्तिक विषय उठाउँदै कसैलाई मत निदिने बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।