काठमाडौं- उपसभामुख पदका लागि शुक्रबार हुन गइरहेको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। कांग्रेसकी पुष्पा भुसाल र एमालेको विद्या भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उम्मेदवारहरुलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव, समर्थन भइरहेको छ। अहिले प्रस्तावमाथि छलफल जारी छ।
भुसालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, रामजोले समर्थन गरेका छन्। राप्रपाले भुसाललाई मत नदिने बताएको छ। नेमकिपाले दुवैलाई मत नदिने बताएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।