काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद मिनेन्द्र रिजालले संसद् सुरुदेखि ने विधिमा नचलेको बताए। एमाले सचेतक शान्ता चौधरीले फरक दलको उपसभामुख हुनुपर्ने भन्दै गरेको जिकिरको रिजालले जवाफ दिएका छन्।
उनले भने, 'यो संसद सुरु भएदेखि विधिमा चलेन। प्रतिनिधि सभाको सदस्य शपथ नलिइ प्रधानमन्त्री बनाइयो। अलि दिनपछि पार्टी मिल्छौं भनेर सभामुख र उपसभामुखको निर्वाचन गराइयो।' उनले स्मृति कमजोर भएको बताउँदै उपसभामुखको निर्वाचन एमाले प्रतिपक्षमा रहेका बेला नभइ नेपाली कांग्रेस सत्तामा नपुग्दै गरेको बताए।
उनले कांग्रेसले अघि सारेकी पुष्पा भुसाल अलग पार्टी र फरक लिंगको बताए।
उनले थपे, 'अलग-अलग दलकै हुन्छ। लिंगकै हुन्छ भनेर उहाँलाई हामीले अघि सारेका हौं। हिजो प्रतिपक्षले उपसभामुख पाउनुपर्छ भने कांग्रेस चाहिँदैन निस्केर गए हुन्छ भन्ने माननीय सदस्य अहिले यहाँ देखको छैन।' एमालेले नै प्रतिपक्ष दलको भूमिका कमजोर बनाएको उनले बताए। हिजो एमालेले गरेका कारण विधि मिच्ने छुट रहेको दाबी नगरेको बताउँदै भूसालको दलीय आवद्धता बिर्सेर उनको सक्षमतालाई हेर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।