काठमाडौं– नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसदको अवधि सकिनु १ दिनअघि मात्रै उपसभामुख चयन गर्दा अझै राम्रो हुने भन्दै व्यंग्य गरेकी छिन्। एमालेकका तर्फबाट उपसभामुखकी उम्मेदवार विद्या भट्टराईको नाम प्रस्ताव गर्दै उनले यस्तो बताएकी हुन्।
सत्ता गठबन्धनको स्वार्थका दाउपेचको कारण पद रिक्त रहेको उनको भनाइ छ। प्रमुख प्रतिपक्ष दल एमालेले बारम्बार उठाएको कुराप्रति सरकार गम्भीर देखिएको पनि चौधरीले टिप्पणी गरिन्।
उनले संसदीय व्यवस्थामा सरकारलाई सजग बनाउने जिम्मेवारी संसदकको रहेको बताउँदै उपसभामुख प्रतिपक्षी दलले पाउनुपर्ने बताइन्। उनको दाबी छ, 'संविधानको धारा ९१ मा फरक-फरक दलको प्रतिनिधि हुनुपर्छ। त्यसैले गठबन्धनका दुई घटक मिलेर पद लिनु नैतिक हिसाबले अनुचित हुन्छ। उपसभामुखमा प्रमुख प्रतिपक्षको स्वभाविक दाबी हुन्छ।'
सन्तुलन कायम राख्न र प्रतिपक्षको भूमिका सशक्त बनाउन अर्को दललाई उपसभामुख दिने बनाइको बताउँदै एमालेको उम्मेदवार भट्टराईलाई संसदले निर्वाचित गर्नुपर्ने चौधरीले उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।