काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद कृष्णभक्त पोखरेलले संविधानको भावना बुझेर प्रतिपक्षी दललाई उपसभामुख दिँदा घाटा नपुग्ने भएकोले उक्त पद एमालेलाई दिन आग्रह गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उपसभामुख पदको चयान प्रक्रियामा एमाले उम्मेदवार विद्या भट्टराईको समर्थनमा बोल्दै उनले संसद प्रतिपक्षको भएको बताए।
‘संविधानको मर्म अनुरुप उपसभामुख प्रतिपक्षी दल एमालेलाई दिन सत्ता पक्षलाई आग्रह गर्दछु’ पोखरेलले भने,‘उहाँको योग्यताले यो पद योग्य र उपयुक्त छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।