काठमाडौं– उपसभामुखका सत्ता गठबन्धनका साझा उम्मेदवार पुष्पा भुसाल सो पदका लागि योग्य व्यक्ति भएको प्रस्तावक देव गुरुङले बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा पुष्पा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै गुरुङले भुसालले संविधान सभादेखि प्रतिनिधि सभा र विभिन्न समितिमा रहेर खेलेको भूमिकाको चर्चा गरेका थिए।
गुरुङले अर्की उम्मेदवार विद्या भट्टराईको व्यक्तित्वको चर्चा नगर्ने भन्दै उनले अहिलेको अवस्थामा भुसाल नै योग्य व्यक्ति भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।