काठमाडौं- कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व राजधानीको धापासीस्थित हरिहर मन्दिरलाई सहयोग गरेको छ।
बिहीबार एक कार्यक्रमका बीच बैंकले मन्दिरलाई कुर्ची हस्तान्तरण गरेको हो। उक्त कुर्चीहरुले मन्दिर दर्शन गर्न आउने भक्तजनहरूलाई बस्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ प्रदान गरेको बैंकले जनाएको छ।
बैंकको काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख केदार नाथ शर्माले हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोदर ढकाललाई उक्त कुर्चीहरु हस्तान्तरण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।