काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो भारत भ्रमण आकस्मिक नभई नियमित भएको बताएका छन्।
तीन दिनको भारत भ्रमण अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमण सद्भावना भ्रमण हुने भन्दै आकास्मिक भ्रमण भन्न नमिल्ने उनको भनाइ थियो।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमण र आफ्नो भ्रमणकाबीचमा कुनै साइनो नभएको प्रचण्डको भनाइ छ।
आफूलाई भारतीय राजदूत विनयमोहन क्वात्राले भारत भ्रमणको निम्ता गरेको उनले बताए।
आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने प्रचण्डले बताए। आफूले ब्यापार घाटा, सीमा समस्या समाधान लगायत नेपाल भारतका बीचको सम्बन्धका बारेमा दुई पक्षीय कुराकानी गर्ने प्रचण्डको भनाइ थियो।
आफ्नो भारत भ्रमण नेपालका लागि र गठबन्धनका लागि पनि महत्वपूर्ण हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।