काठमाडौं- सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको आयोगको म्याद थप गरेको हो।
यी दुवै आयोगहरुको म्याद भोलीबाट सकिँदै छ। द्वन्द्वकालका मुद्दा छानबिन गर्न गठन भएको आयोगको विषयमा प्रश्न उठिरहेको छ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले दुवै आयोगको ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने गरि पारित गरेको छ। सर्वोच्च अदालतले दिएको आदेश अनुसार ऐन संशोधनको मस्यौदा दर्ता गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।