काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' दिल्ली प्रस्थान गरेका छन्।
भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा प्रचण्ड भारत प्रस्थान गरेका हुन्।
प्रचण्ड दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्।
भजपाले नेपाल–भारत सम्बन्धबारे एक कार्यक्रम राखेकोले त्यसमा सहभागी हुन प्रचण्ड दिल्ली जान लागेका हुन्।
तीनदिने भ्रमणका क्रममा प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने सम्भावना रहेको तर, समय तय भइनसकेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नेपाल लाइभलाई बताए।
प्रचण्ड आइतबार नेपाल फर्कने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।