काठमाडौं– सत्तारुढ गठबन्धनका दलहरुबीच संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधनका लागि समति जुटेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार गठबन्धनका शीर्ष नेताहरुबीच भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्ने सहमति जुटेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत सहभागी थिए।
गठबन्धनमा सहमति जुटेपछि ऐन संशोधनका लागि सरकारले सम्भवत: शुक्रबार नै प्रतिनिधि सभा बैठकमा विधेयक दर्ता गर्ने तयारी गरेको छ। विधेयक दर्ता गर्ने निर्णय गर्ने सम्बन्धमा शुक्रबार मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने जनाइएको छ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले ऐन संशोधनका लागि मस्यौदा तयार पारिसकेको छ। ऐनमा हुने संशोधन र संशोधनका लागि मस्यौदाबारे शुक्रबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्र प्रसाद शर्मा (बन्दी)ले शुक्रबार गठबन्धनको बैठकमा समेत ब्रिफिङ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।