काठमाडौं– निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबनि गर्न बनेको संसदीय छानबिन समितिको बैठक शुक्रबार पनि बस्दैछ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।
बैठकले शुक्रबार अर्थ मन्त्रालयका अर्थसचिव र राजश्व सचिवसँग छलफल गर्नेछ। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले सम्बन्धित कागज तथा विवरण नआएकाले ठोस अजेण्डामा छलफल हुन नसकेकोे बताएको थियो।
तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९÷०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।
शर्माले संसदीय छानबिन समिति बनेसँगै असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।