काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज शुक्रबार निर्वाचन हुँदैछ। दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुने संसद् सचिवालयले जनाएको छ।
उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल (गौतम) र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।
भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मीकुमारी चौधरी समर्थक छन्।
भट्टराईको प्रस्तावकमा एमालेकी सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखेल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।