काठमाडौं– प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक शुक्रबार निर्णयार्थ प्रस्तुत हुँदैछ।
सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ।
बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ ।
त्यसपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।