काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्षबाट डा. बाबुराम भट्टराईलाई हटाउने निर्णय गरेको छ। वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाउने निर्णय गरेको एक नेताले बताए।
ती नेताका अनुसार भट्टराईसहित ९ जना कार्यकारिणी सदस्यलाई पदमुक्त गरिएको छ। भट्टराईको ठाउँमा अशोक राईलाई चयन गरिएको छ।
बैठकले भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव र दुर्गा सोबलाई पदमुक्त गर्ने निर्णय गरेको हो। केही दिनअघि भट्टराई पक्षले काठमाडौंमा अलग्गै भेला गरेको थियो । पार्टीको हितविपरीत गतिविधि गरेकाले भट्टराईलाई हटाइएको उपेन्द्र पक्षको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।