काठमाडौं-सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदका दुवै सदनका बैठकहरुबाट विभिन्न मितिमा पारित भएका पाँच विधेयक प्रमाणित गरेका छन्।
बिहीबार उनले तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणित गरेका छन्।
प्रमाणति विधेयकहरु राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनी रुप लिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।