काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकका क्रममा बिहीबार बलबहादुर केसीले सभापति शेरबहादुर देउवालाई गुटको होइन, कांग्रेसको सभापति बन्न आग्रह गरेका छन्।
उनले अहिले कांग्रेस कमजोर भएका कारण गठबन्धन गर्नुपरेको पनि बताए। 'पहिले कांग्रेसलाई दह्रो बनाऔं। २०४८ सालमा बलियो थियो। गठबन्धन गर्नुपरेको थिएन। सभापतिले अहिले कांग्रेस कमजोर भएको महशुस गर्ने कि नगर्ने?', उनको भनाइ उद्धृत गर्दै एक सदस्यले भने।
उनले सुरुमा गठबन्धन गर्दा संविधान बचाउनका लागि गरिएको स्मरण पनि गराए। 'जुनबेला गठबन्धन गरौं भनेर हामीले भन्यौं, त्योबेला सभापतिले चाहिँदैन भन्नुहुन्थ्यो। अहिले सत्ताका लागि उहाँले गठबन्धन गरिरहनुभएको छ', उनले भने।
केसीले अहिले सभापति देउवाले गठबन्धनलाई संविधान बचाउन भन्दै आएकाले त्यो नभएको बताए। उनले पार्टीमा ४० प्रतिशत मतलाई नमिलाइ अघि बढ्न नहुने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।