• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्थानीय निर्वाचनमा कांग्रेस सफल भएकाले गठबन्धन कायम राख्नुपर्छ : डिला संग्रौला 

64x64
नेपाल लाइभ बिहीबार, असार ३०, २०७९  १८:१६
1140x725

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि कमजोर नभएको तर गठबन्धन गरेर जाँदा बढी सफलता मिलेको दाबी गरेकी छन्। 

पार्टी कार्यालय सानेपामा चलिरहेको बैठकमा उनले स्थानीय तह निर्वाचनमा पाएको सफलता प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि कायम राख्नुपर्ने भएकाले गठबन्धन कायमै राखेर निर्वाचनमा जानुपर्ने मत राखिन्। 

‘नेपालको राष्ट्रिय राजनीतिमा कांग्रेस सफल भएको छ। किनकि ५ वर्षको लागि प्रतिपक्षको जिम्मेवारी पाएको कांग्रेस आज सरकारको नेतृत्वमा छ,’ उनले भनिन्, ‘कांग्रेसकै नेतृत्वमा स्थानीय निर्वाचन सम्पन्न भई बाँकी निर्वाचन पनि हुँदैछन्। राष्ट्रिय मुद्दाहरुमा एमसीसीको अनुमोदनले मुलुकलाई सम्बृद्धितर्फ लैजाने नयाँ आयाम थपेको छ।’ 

एसपीपी जस्ता स्टेट पार्टनरसिपको सवालमा सरकारको स्पष्ट दृष्टिकोण र अडानले परराष्ट्र नीतिमा अब्बल सावित भएको उनको दाबी छ। यस्तै, कोरोनाले थलिएको अर्थतन्त्र, रुस र युक्रेनको युद्धका कारण भित्रिएको आर्थिक संकटले जनजीवन असहज र भयावह बन्दै गएको भन्दै यसलाई नियन्त्रण गरेर जनतालाई राहत दिनुपर्ने उनको भनाइ छ। 

यस्तो छ केन्द्रीय समिति बैठकमा डिला संग्रौलाले प्रस्तुत गरेको धारणा
नेपाली कांग्रेस केन्द्रीय समितिको यो चौथो बैठक स्थानीय निर्वाचनबारे समीक्षा एवंम् अन्य विविध विषय वस्तु बारेमासमेत विचार विमर्श गर्ने हुँदा यो बैठक आफैंमा अत्यन्त महत्वपूर्ण छ। १४औं महाधिवेशन लगत्तै भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी भएको छ।

यसमा आदरणीय पार्टी सभापतिलगायत सिंगो केन्द्रीय समिति नै धन्यवादको पात्र बनेको छ। अब करिब ४ महिनापछि हुने प्रदेश र संघको निर्वाचनमासमेत कांग्रेस ठूलो दलसहित सरकारको नेतृत्वमा पुग्नु पर्ने कुरामा दुई मत छैन। देशको राजनीतिमा विभिन्न भूमिका–कहिले प्रतिपक्ष त कहिले सत्तापक्षसहित संयुक्त सरकारको नेतृत्वमा सरकार सञ्चालनको जिम्मेवारीमा रहेकाले यो बैठकले सत्तारुढ दलको ध्यान पनि केन्द्रित गरेको छ। 

करिब सातदशक लामो यात्रा पार गरिसकेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस आफ्नो स्थापनाकाल २००३ साल देखि २०७९ सालसम्म आइपुग्दा तत्कालीन र दीर्घकालीन कार्य समितिको आधारमा विजय र पराजय भएको इतिहास साक्षी छ। नेपाली जनताले आशा भरोसा गरेको सधैं जनताको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, मुलुकको स्वाधिनताका लागि संघर्ष गर्ने नेपाली कांग्रेस आजको अवस्थामा अझ बढी क्रियाशिल, संगठित भई एकताबद्ध हुन जरुरी छ।

आधुनिक नेपालको परिर्वतनको मूल संवाहक शक्ति कांग्रेसले अहिलेको परिस्थितिमा आफ्ना नीति अवधारणा समय सापेक्ष रुपान्तरण गरी (समुन्नत नेपाल सम्पन्न नागरिक)को लक्ष्य प्राप्तिका लागि राष्ट्रको आर्थिक पक्षका साथै राजनैतिक र सामाजिक पक्ष पनि सबल हुन आवश्यक छ। परिणाममुखि नीति कार्यक्रम तथा योजनाको निर्माण सफल कार्यान्वयन कानुनी शासन, आर्थिक अनुशासन तथा सुशासन समग्र विकासका आधार स्तम्भ हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि बनेको अघिल्लो सरकारमा नेपाली जनताले आफ्नो भविष्य प्रति विश्वस्त हुन सकेनन्। अब हुने निर्वाचनपछि बन्ने सरकार कांग्रेसको हुने र जनतालाई विश्वस्त पार्दै सांगठनिक, राजनैतिक, आर्थिक, सामाजिक पक्षमासमेत आमुल परिर्वतन गरि योग्य मान्छेलाई योग्य ठाउँको अवधारणा अनुरुप उम्मेदवार चयनमा ध्यान दिन जरुरी छ। नत्र अहिलेको स्थानीय निर्वाचनमा उदाएका स्वतन्त्र उम्मेदवारको विजय र फेरि सलबलाई रहेको आगोको राग र तापको झिल्काले कांग्रेसलाई नछुला भन्न सकिन्न। त्यसैले यो बैठकमा निम्न बुँदामा आफ्नो धारणा राख्न चाहन्छुः

१–स्थानीय तहको निर्वाचन सम्बन्धी विवेचनाः नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलबीचको चुनावी तालमेलका कारण धेरै सिट जित्न सफल भएको छ। अहिलेको निर्वाचनको परिणामलाई हेर्दा केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिवेदन अनुसार गठबन्धन बिना उम्मेदवारी दिएकोमा ४८% जीत निकालेको छ भने गठबन्धन गरेर उम्मेदवारी दिएकोमा ५२% जीत निकाल्न सफल भएको छ।

कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि कमजोर नभएको तर गठबन्धन गरेर जाँदा बढी सफलता मिलेको दावी गरेको छ। टिकट वितरण गर्ने विधानतः विभिन्न निकायले आवश्यक मापदण्ड र मुल्यांकनको पद्धती अनुरुप टिकट वितरण गर्न नसक्दा अघिल्लो पटक जितेका १२६ पलिकामा यस पल्ट जीत निकाल्न सकिएन। यो मेरो र तेरो भन्ने भावनाले ग्रसित नभई उम्मेदवारको सहि टिकट वितरण गरिएको भए नेपाली कांग्रेसले सोचेभन्दा बढि सफला प्राप्त हुने थियो। 

राजनीति दलहरुको गठबन्धन र निर्वाचन आयोगको निर्देशनसमेतका कारण स्थानीय तहमा महिला नेतृत्व खुम्चियो। देशैभरि ७५३ स्थानीय तह मध्ये यस पटक २५ पालिकाको नेतृत्व गर्ने अवसर महिलाले पाएका छन्। संवैधानिक प्रावधान अनुसार राजनीतिक दलहरुले पालिका प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष मध्ये एक महिला उम्मेदवार बनाउनु पर्नेमा गठबन्धन गरिएका पालिकामा भने प्रमुख वा उपप्रमुख मध्ये एउटा पदमा मात्र उम्मेदवारी दिदा पुरुषलाई अघि सारेका कारण यसपालि नेपाली कांग्रेसबाट महिला प्रमुखको संख्या घट्न पुग्यो । २५ प्रमुख महिला मध्ये ८ जना नेपाली कांग्रेसबाट निर्वाचित भएका छन्। यो निरासाजनक परिणाम हो। अब आउँने निर्वाचनमा प्रत्यक्षमा महिलालाई बढी उम्मेदवारी दिइनु पर्दछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२–भातृ तथा शुभेच्छुक संस्थाको पूर्णता: भातृ तथा शुभेच्छुक संस्था नेपाली कांग्रेसको मेरुदण्ड र संगठनको आधारशिला हो। यिनीहरुको क्रियाशिलता, शसत्तता बिना पार्टी बलियो हुन सक्दैन। भातृ संस्थाको अधिवेशन समयमै हुन नसक्दा तदर्थ समिति गठन गरिएको छ। त्यो समितिलाई छिटै पूर्णता दिई संगठनको विस्तार, परिचालन र सुदृढीकरण गरिनु पर्दछ।

३– विभागको गठन: कांग्रेसको विधानमा ६ महिना भित्र केन्द्रीय विभागसहितका संरचनाहरुलाई पूर्णता दिनुपर्ने व्यवस्था छ। विभाग गठनले पार्टीको संगठनमा नयाँ ऊर्जा र गतिशिलता प्रदान गर्न महत्वपूर्ण भूमिका रहन्छ। यसलाई छिटो भन्दा छिटो पूर्णता दिनु जरुरी छ। 

४– नीति तथा विधान अधिवेशन: नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना कटिसकेको छ। विषेश परिस्थितिमा सम्पन्न भएको यो अधिवेशनले नेतृत्वको मात्र चयन गरियो, नीति निर्माण गर्न सकेन। जसको नेतृत्व त्यसैको नीति भनेर सम्पन्न अधिवेशनले अब छिट्टै नै नीति अधिवेशन गर्नु पर्ने जरुरी छ। विधिको ब्याडमा नीतिको विरुवा उमार्नु पर्दछ। नीति समय देशकाल र परिस्थिति अनुरुप हुनु पर्दछ। 

५–आगामी चुनावी रणनीति: चुनाव जित्न रणनीति र कार्यनीति दुवैको आवश्यकता पर्दछ। आगामी चुनावमा गठबन्धन सहित गए बढी सिट हासिल गर्ने रणनीति होला तर सिटको बाँडफाड र पार्टीबाट चुनिने उम्मेदवार योग्य सक्षम लोकप्रियलाई टिकट दिन मापदण्ड र मूल्यांकन पद्धति अपनाउन आवश्यक छ। त्यसैले रणनीति वाह्य र आन्तरिक दुवै हुनु पर्दछ। तब मात्र परिणाम हात लाग्दछ। 

६– पार्टी र सरकार संचालनको अवस्थाः पार्टी संचालनमा पार्टीका सभापतिको साथै पदाधिकारीहरुको भूमिका पनि महत्वपूर्ण रहन्छ। अहिलेको नेतृत्व हेर्दा पार्टी सभापतीमा परिपक्क नेतृत्व देखिन्छ भने पदाधिकारीमा अधिकांश युवा पिँढी आएका छन्। तर, पार्टी संचालनमा नयाँ वा रुपान्तरण भएको देखिँदैन। सरकार पनि जनता प्रति उत्तरदायी र जिम्मेवार बन्नु नै पर्दछ। 

७– राष्ट्रिय राजनीतिमा कांग्रेस: नेपालको राष्ट्रिय राजनीतिमा कांग्रेस सफल भएको छ। किनकी ५ बर्षको लागि प्रतिपक्षको जिम्मेवारी पाएको कांग्रेस आज सरकारको नेतृत्वमा छ। कांग्रेसकै नेतृत्वमा स्थानीय निर्वाचन सम्पन्न भई बाँकी निर्वाचन पनि हुँदैछन्। राष्ट्रिय मुद्दाहरुमा एमसीसीको अनुमोदनले मुलुकलाई सम्बृद्धि तर्फ लैजाने नयाँ आयाम थपेको छ यस एसपीपी जस्ता स्टेट पार्टनरशिपको सवालमा सरकारको स्पष्ट दृष्टिकोण र अडानले परराष्ट्र नीतिमा अब्बल सावित भएको छ। तर, कोरोनाले थलिएको अर्थतन्त्र रुस र युक्रेनको युद्धका कारण भित्रिएको आर्थिक संकटले जनजीवन असहज र भयावह बन्दैछ। महंगी र मूल्यवृद्धिले जनता अक्रान्त छन् त्यसतर्फ ध्यान दिन जरुरी छ। 

८– जागरण अभियान: जागरण अभियान पार्टी संगठनभित्र नेता, कार्यकर्ता र जनतालाई जोड्ने महत्वपूर्ण कडी हो। जसको माध्यमबाट बैचारिक, सांगठनिक, सुदृढीकरण र परिचालनमा नयाँपन आउने गर्दछ। स्थानीय निर्वाचनमा संचालन गरिएको ‘घर घर जाऔं कांग्रेस जिताऔं’ अभियानले पहिलो पार्टी बन्न परिणाम दियो। आगामी निर्वाचन भन्दा अगाडि ‘प्रदेश र संघको सरकार समृद्धिको आधार’ सहित जनताको घर आँगनमा जागरण अभियान संचालन गरिनु पर्दछ। जय नेपाल।।
 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्