• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्थानीय निर्वाचनमा कांग्रेस सफल भएकाले गठबन्धन कायम राख्नुपर्छ : डिला संग्रौला 

64x64
नेपाल लाइभ बिहीबार, असार ३०, २०७९  १८:१६
1140x725

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि कमजोर नभएको तर गठबन्धन गरेर जाँदा बढी सफलता मिलेको दाबी गरेकी छन्। 

पार्टी कार्यालय सानेपामा चलिरहेको बैठकमा उनले स्थानीय तह निर्वाचनमा पाएको सफलता प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि कायम राख्नुपर्ने भएकाले गठबन्धन कायमै राखेर निर्वाचनमा जानुपर्ने मत राखिन्। 

‘नेपालको राष्ट्रिय राजनीतिमा कांग्रेस सफल भएको छ। किनकि ५ वर्षको लागि प्रतिपक्षको जिम्मेवारी पाएको कांग्रेस आज सरकारको नेतृत्वमा छ,’ उनले भनिन्, ‘कांग्रेसकै नेतृत्वमा स्थानीय निर्वाचन सम्पन्न भई बाँकी निर्वाचन पनि हुँदैछन्। राष्ट्रिय मुद्दाहरुमा एमसीसीको अनुमोदनले मुलुकलाई सम्बृद्धितर्फ लैजाने नयाँ आयाम थपेको छ।’ 

एसपीपी जस्ता स्टेट पार्टनरसिपको सवालमा सरकारको स्पष्ट दृष्टिकोण र अडानले परराष्ट्र नीतिमा अब्बल सावित भएको उनको दाबी छ। यस्तै, कोरोनाले थलिएको अर्थतन्त्र, रुस र युक्रेनको युद्धका कारण भित्रिएको आर्थिक संकटले जनजीवन असहज र भयावह बन्दै गएको भन्दै यसलाई नियन्त्रण गरेर जनतालाई राहत दिनुपर्ने उनको भनाइ छ। 

यस्तो छ केन्द्रीय समिति बैठकमा डिला संग्रौलाले प्रस्तुत गरेको धारणा
नेपाली कांग्रेस केन्द्रीय समितिको यो चौथो बैठक स्थानीय निर्वाचनबारे समीक्षा एवंम् अन्य विविध विषय वस्तु बारेमासमेत विचार विमर्श गर्ने हुँदा यो बैठक आफैंमा अत्यन्त महत्वपूर्ण छ। १४औं महाधिवेशन लगत्तै भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी भएको छ।

यसमा आदरणीय पार्टी सभापतिलगायत सिंगो केन्द्रीय समिति नै धन्यवादको पात्र बनेको छ। अब करिब ४ महिनापछि हुने प्रदेश र संघको निर्वाचनमासमेत कांग्रेस ठूलो दलसहित सरकारको नेतृत्वमा पुग्नु पर्ने कुरामा दुई मत छैन। देशको राजनीतिमा विभिन्न भूमिका–कहिले प्रतिपक्ष त कहिले सत्तापक्षसहित संयुक्त सरकारको नेतृत्वमा सरकार सञ्चालनको जिम्मेवारीमा रहेकाले यो बैठकले सत्तारुढ दलको ध्यान पनि केन्द्रित गरेको छ। 

करिब सातदशक लामो यात्रा पार गरिसकेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस आफ्नो स्थापनाकाल २००३ साल देखि २०७९ सालसम्म आइपुग्दा तत्कालीन र दीर्घकालीन कार्य समितिको आधारमा विजय र पराजय भएको इतिहास साक्षी छ। नेपाली जनताले आशा भरोसा गरेको सधैं जनताको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, मुलुकको स्वाधिनताका लागि संघर्ष गर्ने नेपाली कांग्रेस आजको अवस्थामा अझ बढी क्रियाशिल, संगठित भई एकताबद्ध हुन जरुरी छ।

आधुनिक नेपालको परिर्वतनको मूल संवाहक शक्ति कांग्रेसले अहिलेको परिस्थितिमा आफ्ना नीति अवधारणा समय सापेक्ष रुपान्तरण गरी (समुन्नत नेपाल सम्पन्न नागरिक)को लक्ष्य प्राप्तिका लागि राष्ट्रको आर्थिक पक्षका साथै राजनैतिक र सामाजिक पक्ष पनि सबल हुन आवश्यक छ। परिणाममुखि नीति कार्यक्रम तथा योजनाको निर्माण सफल कार्यान्वयन कानुनी शासन, आर्थिक अनुशासन तथा सुशासन समग्र विकासका आधार स्तम्भ हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि बनेको अघिल्लो सरकारमा नेपाली जनताले आफ्नो भविष्य प्रति विश्वस्त हुन सकेनन्। अब हुने निर्वाचनपछि बन्ने सरकार कांग्रेसको हुने र जनतालाई विश्वस्त पार्दै सांगठनिक, राजनैतिक, आर्थिक, सामाजिक पक्षमासमेत आमुल परिर्वतन गरि योग्य मान्छेलाई योग्य ठाउँको अवधारणा अनुरुप उम्मेदवार चयनमा ध्यान दिन जरुरी छ। नत्र अहिलेको स्थानीय निर्वाचनमा उदाएका स्वतन्त्र उम्मेदवारको विजय र फेरि सलबलाई रहेको आगोको राग र तापको झिल्काले कांग्रेसलाई नछुला भन्न सकिन्न। त्यसैले यो बैठकमा निम्न बुँदामा आफ्नो धारणा राख्न चाहन्छुः

१–स्थानीय तहको निर्वाचन सम्बन्धी विवेचनाः नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलबीचको चुनावी तालमेलका कारण धेरै सिट जित्न सफल भएको छ। अहिलेको निर्वाचनको परिणामलाई हेर्दा केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिवेदन अनुसार गठबन्धन बिना उम्मेदवारी दिएकोमा ४८% जीत निकालेको छ भने गठबन्धन गरेर उम्मेदवारी दिएकोमा ५२% जीत निकाल्न सफल भएको छ।

कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि कमजोर नभएको तर गठबन्धन गरेर जाँदा बढी सफलता मिलेको दावी गरेको छ। टिकट वितरण गर्ने विधानतः विभिन्न निकायले आवश्यक मापदण्ड र मुल्यांकनको पद्धती अनुरुप टिकट वितरण गर्न नसक्दा अघिल्लो पटक जितेका १२६ पलिकामा यस पल्ट जीत निकाल्न सकिएन। यो मेरो र तेरो भन्ने भावनाले ग्रसित नभई उम्मेदवारको सहि टिकट वितरण गरिएको भए नेपाली कांग्रेसले सोचेभन्दा बढि सफला प्राप्त हुने थियो। 

राजनीति दलहरुको गठबन्धन र निर्वाचन आयोगको निर्देशनसमेतका कारण स्थानीय तहमा महिला नेतृत्व खुम्चियो। देशैभरि ७५३ स्थानीय तह मध्ये यस पटक २५ पालिकाको नेतृत्व गर्ने अवसर महिलाले पाएका छन्। संवैधानिक प्रावधान अनुसार राजनीतिक दलहरुले पालिका प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष मध्ये एक महिला उम्मेदवार बनाउनु पर्नेमा गठबन्धन गरिएका पालिकामा भने प्रमुख वा उपप्रमुख मध्ये एउटा पदमा मात्र उम्मेदवारी दिदा पुरुषलाई अघि सारेका कारण यसपालि नेपाली कांग्रेसबाट महिला प्रमुखको संख्या घट्न पुग्यो । २५ प्रमुख महिला मध्ये ८ जना नेपाली कांग्रेसबाट निर्वाचित भएका छन्। यो निरासाजनक परिणाम हो। अब आउँने निर्वाचनमा प्रत्यक्षमा महिलालाई बढी उम्मेदवारी दिइनु पर्दछ। 

२–भातृ तथा शुभेच्छुक संस्थाको पूर्णता: भातृ तथा शुभेच्छुक संस्था नेपाली कांग्रेसको मेरुदण्ड र संगठनको आधारशिला हो। यिनीहरुको क्रियाशिलता, शसत्तता बिना पार्टी बलियो हुन सक्दैन। भातृ संस्थाको अधिवेशन समयमै हुन नसक्दा तदर्थ समिति गठन गरिएको छ। त्यो समितिलाई छिटै पूर्णता दिई संगठनको विस्तार, परिचालन र सुदृढीकरण गरिनु पर्दछ।

३– विभागको गठन: कांग्रेसको विधानमा ६ महिना भित्र केन्द्रीय विभागसहितका संरचनाहरुलाई पूर्णता दिनुपर्ने व्यवस्था छ। विभाग गठनले पार्टीको संगठनमा नयाँ ऊर्जा र गतिशिलता प्रदान गर्न महत्वपूर्ण भूमिका रहन्छ। यसलाई छिटो भन्दा छिटो पूर्णता दिनु जरुरी छ। 

४– नीति तथा विधान अधिवेशन: नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना कटिसकेको छ। विषेश परिस्थितिमा सम्पन्न भएको यो अधिवेशनले नेतृत्वको मात्र चयन गरियो, नीति निर्माण गर्न सकेन। जसको नेतृत्व त्यसैको नीति भनेर सम्पन्न अधिवेशनले अब छिट्टै नै नीति अधिवेशन गर्नु पर्ने जरुरी छ। विधिको ब्याडमा नीतिको विरुवा उमार्नु पर्दछ। नीति समय देशकाल र परिस्थिति अनुरुप हुनु पर्दछ। 

५–आगामी चुनावी रणनीति: चुनाव जित्न रणनीति र कार्यनीति दुवैको आवश्यकता पर्दछ। आगामी चुनावमा गठबन्धन सहित गए बढी सिट हासिल गर्ने रणनीति होला तर सिटको बाँडफाड र पार्टीबाट चुनिने उम्मेदवार योग्य सक्षम लोकप्रियलाई टिकट दिन मापदण्ड र मूल्यांकन पद्धति अपनाउन आवश्यक छ। त्यसैले रणनीति वाह्य र आन्तरिक दुवै हुनु पर्दछ। तब मात्र परिणाम हात लाग्दछ। 

६– पार्टी र सरकार संचालनको अवस्थाः पार्टी संचालनमा पार्टीका सभापतिको साथै पदाधिकारीहरुको भूमिका पनि महत्वपूर्ण रहन्छ। अहिलेको नेतृत्व हेर्दा पार्टी सभापतीमा परिपक्क नेतृत्व देखिन्छ भने पदाधिकारीमा अधिकांश युवा पिँढी आएका छन्। तर, पार्टी संचालनमा नयाँ वा रुपान्तरण भएको देखिँदैन। सरकार पनि जनता प्रति उत्तरदायी र जिम्मेवार बन्नु नै पर्दछ। 

७– राष्ट्रिय राजनीतिमा कांग्रेस: नेपालको राष्ट्रिय राजनीतिमा कांग्रेस सफल भएको छ। किनकी ५ बर्षको लागि प्रतिपक्षको जिम्मेवारी पाएको कांग्रेस आज सरकारको नेतृत्वमा छ। कांग्रेसकै नेतृत्वमा स्थानीय निर्वाचन सम्पन्न भई बाँकी निर्वाचन पनि हुँदैछन्। राष्ट्रिय मुद्दाहरुमा एमसीसीको अनुमोदनले मुलुकलाई सम्बृद्धि तर्फ लैजाने नयाँ आयाम थपेको छ यस एसपीपी जस्ता स्टेट पार्टनरशिपको सवालमा सरकारको स्पष्ट दृष्टिकोण र अडानले परराष्ट्र नीतिमा अब्बल सावित भएको छ। तर, कोरोनाले थलिएको अर्थतन्त्र रुस र युक्रेनको युद्धका कारण भित्रिएको आर्थिक संकटले जनजीवन असहज र भयावह बन्दैछ। महंगी र मूल्यवृद्धिले जनता अक्रान्त छन् त्यसतर्फ ध्यान दिन जरुरी छ। 

८– जागरण अभियान: जागरण अभियान पार्टी संगठनभित्र नेता, कार्यकर्ता र जनतालाई जोड्ने महत्वपूर्ण कडी हो। जसको माध्यमबाट बैचारिक, सांगठनिक, सुदृढीकरण र परिचालनमा नयाँपन आउने गर्दछ। स्थानीय निर्वाचनमा संचालन गरिएको ‘घर घर जाऔं कांग्रेस जिताऔं’ अभियानले पहिलो पार्टी बन्न परिणाम दियो। आगामी निर्वाचन भन्दा अगाडि ‘प्रदेश र संघको सरकार समृद्धिको आधार’ सहित जनताको घर आँगनमा जागरण अभियान संचालन गरिनु पर्दछ। जय नेपाल।।
 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिशूलीको एक गुम्बामा त्यो भावुक दृश्य
प्रतिनिधि सभा बैठक (लाइभ)
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
सम्बन्धित सामग्री
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, भदौ १८, २०८३
‘विदेशी टोलीलाई ढिला अनुमति दिएर के अर्थ ?’ भन्दै सरकारमाथि खनिइन् सांसद शर्मा बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्राकृतिक विपद्ले निम्त्याएको मानवीय सङ्कटप्रति सरकारको संवेदनहीनतालाई लिएर कडा आलोचना गर... बिहीबार, भदौ १८, २०८३
‘बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेकै हो’: बासना थापा बिहीवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले आकस्मिक बाढीपछि पहिलो दुई दिन राज्यले उपलब्ध स्रोतसाधनअनुसार उद्धार तथा राहतमा काम... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूलीको एक गुम्बामा त्यो भावुक दृश्य बिहीबार, भदौ १८, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो, भारत निर्यात पनि कटौती बिहीबार, भदौ १८, २०८३
संसद्‌मै प्रेसर हाई भएर लडे सांसद खड्का बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्