काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले भुटानी शरणार्थीको समस्या समाधानका लागि सरकारले चासो नदिएको बताएका छन्।
बिहीबार प्रतिनिधिस भाको बैठकमा बोल्दै सांसद महतले नेपाली मुलका भनिएका भुटानी शरणार्थीलाई सामान्य सुविधा पनि नदिएको गुनासो गरेका छन्। उनले खानेपानी, घाँस–दाउरा र मरेपछि शव गाड्ने ठाउँसमेत नदिएको भन्दै आपत्ति जनाए।
नागरिकता विद्येयकको शैद्धान्तिक छलफलमा बोल्दै उनले भने, ‘भन्ने बेला नेपाली मुलका भन्ने, विचरा शरणार्थीले कति पिडा पाए। उता भुटानले लखेट्यो, इन्डियाले लेखेट्यो, नेपाली मुलका भनेर नेपाल आएर बसे। न हामीले पानी दियौं, न घाँस–दाउरा दियौं, न मरेको लाश गाड्ने ठाउँ दियौं, न उनलाई नागरिकता दियौं, न जागिर दियौं। उनीहरु गाउँमा बोर्डिङ खोज्दै गए। छोराछोरी जन्माए, कसैले नागरिकता पाएनन्। उता अमेरिकाले टिठ–दया मान्यो उतै लग्यो। तर, हामी भन्ने बेला नेपाली मुलका भन्ने तर हातमा पानी पनि नदिने, हामी कस्ता नेपाली हौं?’ उनले प्रश्न गरे।
भुटानी शरणार्थीका विषयमा अर्को कुन देश आएर लैजान्छ भनेर नेपाल कुरेर बसेको सांसद महतको भनाइ थियो। उनले नेपाल सरकारले भुटानी शरणार्थीको भविष्यका लागि केही गर्न नसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।