काठमाडौं– एमाले संसद गंगा चौधरी ‘सत्गौंवा’ले नागरिकता वितरण गर्ने विषय कल कारखाना बेचे जस्तौ होइन भन्दै टिप्पणी गरेकी छन्।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा सरकारले प्रस्ताव गरेको नागरिकता सम्बन्धी संशोधन विधेयकको सैद्धान्तिक छलफलको क्रममा उनले उक्त टिप्पणी गरेकी हुन्।
‘नागरिकता संवेदनशील विषय हो। यो मेरुदण्ड हो। वैवाहिक अंगिकृत नागरिकहरूलाई अघिल्लो सरकारले प्रस्ताव गर्दाको विधेयकमा नागरिकताको लागि ७ वर्षे प्रवाधान थियो,’ उनले भनिन्, ‘अहिले यो किन झिकियो। राजनीतिक अभिष्ट पूरा गर्नलाई हो की देशलाई फिजिकरण गर्नलाई हो? सोमालियीकरण गर्नका लागि हो। आज मेरुदण्ड भाँचियो भने के हुन्छ? कलकारखाना उद्योग बेचे जस्तो हैन नागरिकता, म सभामुखमार्फत् यो कठोर बनाउनु पर्छ भनेर आग्रह गर्न चाहान्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।