• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चको भवन निर्माणमा महालेखाको प्रश्न: चोलेन्द्र शमशेरको अतिरिक्त चासो किन? 

64x64
नेपाल लाइभ बिहीबार, असार ३०, २०७९  १२:४४
1140x725

काठमाडौं– सर्वोच्च अदालतको भवन निर्माणमा सरकारको लेखा परिक्षण गर्ने निकाय महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ। वुधबार सार्वजनिक गरिएको महालेखा परीक्षकको प्रतिवेदनमा महाअभियोग दर्तापछि हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आवश्यकताभन्दा धेरै संलग्नता गरेर निर्णय गरेको भन्दै प्रश्न उठाइएको छ। 

महालेखाको प्रतिवेदनको सर्वोच्च अदालत खण्ड अन्तर्गतको ४ नम्वर बुदाँमा सर्वोच्चको भवनको बारेमा प्रश्न उठाइएको छ। 

यसअघि नेपाल लाइभले सर्वोच्च अदालतको भवन निर्माणमा राणाको संलग्नतामा अनियमिमता भएको विषय सार्वजनिक गरेको थियो। नेपाल लाइभले भवन निर्माणका क्रममा एकल ठेकेदारले पाउने गरी बोलपत्र आह्वान भएको, राणाले भौतिक समिति आफैंअन्तर्गत ल्याएको, अन्तर्राष्ट्रिय बोलपत्र समेत नगराइ छोटो अवधि राखेर ठेक्का दिएको तथा करिव १ अर्बभन्दा धेरै बढी रकममा ठेक्का कबोल गरेको विषय उठाएको थियो।

सिफारिस
सर्वोच्चको भवन निर्माणमा सेटिङ : चोलेन्द्रले दिएको ठेक्का छानबिन गर्न कस्सिए कामु प्रधानन्यायाधीश

महालेखाले पनि यी प्रश्नहरु समावेश गर्दै आफ्नो प्रतिवेदनमा भवनको ठेक्कामा   मिलेमतो भएको भनेको छ। 

‘बोलपत्र कागजातको बोलपत्र मूल्याङ्कन खण्डको बुंदा ३०.६ मा ज्वाइन्ट भेन्चर (संयुक्त उपक्रम) को कुनै साझेदारविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको अवस्थामा बोलपत्र मूल्याङ्कनबाट हटाइने प्रावधान छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘तर सर्वोच्च अदालतको भवन निर्माणमा यस्तो कम्पनीको संलग्नता देखिन्छ।’ 

महालेखाले समानान्तर निर्माण सेवासँग साझेदार गरेको कालिका निर्माण सेवामाथि विशेष अदालतमा सिक्टा सिचाइँको भ्रष्टाचार मुद्दा विचाराधीन हुँदाहुँदै किन सहभागी गराइयो भनेर प्रश्न उठाएको हो।  

Mahalekha_SC_Pratibedan1657781827.jpg

यस विषयमा २०७७ माघ २७ मा सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र लेखेको थियो। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले  ‘तहाँबाैटै आवश्यक निर्णय गर्नु’ भन्दै जवाफ पठाएको थियो। त्यसपछि २०७७ फागुन ३ गते प्रधानन्यायाधीश राणाबाट उक्त संयुक्त उपक्रमको बोलपत्र मूल्याङ्कनमा कालिका निर्माण सेवालाई समावेश गर्ने निर्णय भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

राणाले गरेको उक्त निर्णयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो। 

राणाले २०७७ चैत ७ मा कालिका समानान्तर जेभीकै बोलपत्र स्वीकृत गर्नुले भवन निर्माणमा अनियमितता र मिलेमतो देखिएको महालेखाको प्रतिवेदनमा भनिएको छ। 

‘एकमात्र बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही मानेर स्वीकृत गर्दा प्रतिस्पर्धा सीमित भइ निर्माण कार्यको स्वीकृत लागत अनुमानको हाराहारी अर्थात् ०.३९ प्रतिशतमात्र न्यून रकमको ठेक्का स्वीकृत भएकोले खरिद कार्य प्रतिस्पर्धी एवम् मितव्ययी भन्न सकिने अवस्था रहेन,’ प्रतिवेदनमा भनिएको छ, ‘निर्माण व्यवसायीसँग विद्यमान रहेका कागजातहरूसमेत विद्युतीय खरिद प्रणालीमा पेस नगरेका कारण निजहरूको बोलपत्र अप्रभावग्राही भइ प्रतिस्पर्धा संकुचित भएकाले खरिद कार्य मितव्ययी भएको मान्न सकिने आधार भएन।’ 

रामशाहपथमा सर्वोच्च अदालतको भवन निर्माण गर्न मूल्य अभिवृद्धि करसहित ५ अर्ब ८९ करोड ३८ लाखको लागत अनुमान स्वीकृत गरी ३ वर्षमा कार्य सम्पन्न गर्न  कालिका समानान्तर जेभीसँग २०७७ चैत १९ मा ५ अर्ब ८७ करोड ६ लाखको सम्झौता भएको थियो। यो वर्ष निर्माण व्यवसायीलाई १ अर्ब ३ करोड मोबिलाइजेसन पेस्की दिएकामा पनि महालेखाले प्रश्न उठाएको छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘प्रतिस्पर्धा गर्ने एक बोलपत्रदाताका विदेशी साझेदारबाट ५ वर्षको सट्टा ३ वर्षको मात्र वित्तीय विवरण पेस भएको र अन्य २ बोलपत्रदाताको न्यूनतम औसत वार्षिक टर्नओभर बोलपत्र कागजातमा तोकिएको २५ प्रतिशतभन्दा कम भएको कारणले अप्रभावग्राही भइ एक बोलपत्रदातामा सीमित भएको पाइयो,’ प्रतिवेदनमा भनिएको छ, ‘निर्माण व्यवसायीसँग विद्यमान रहेका कागजातहरूसमेत विद्युतीय खरिद प्रणालीमा पेस नगरेका कारण निजहरूको बोलपत्र अप्रभावग्राही भइ प्रतिस्पर्धा संकुचित भएकाले खरिद कार्य मितव्ययी भएको मान्न सकिने आधार भएन।’ 

महालेखा परीक्षकको कार्यालयले जिल्ला अदालत भक्तपुरको भवन निर्माणमा पनि प्रश्न उठाएको छ। भक्तपुर जिल्ला अदालतको ७ तले कार्यालय भवन निर्माणका लागि पेस भएका १० मध्ये ९ बोलपत्र पूर्णता परीक्षणमा प्रभावग्राही नभएको उल्लेख गरेको छ। 

कबोल अङ्क मूल्य अभिवृद्धि कर बाहेक १ अर्ब २१ करोड ५ लाखको एक मात्र बोलपत्र पूर्णता परीक्षण र आर्थिक मूल्याङ्कनमा समेत प्रभावग्राही भएको जनाइ २०७७ भदौ १३ मा उक्त बोलपत्र स्वीकृत भइ २४ महिनामा कार्य सम्पन्न गर्न २०७७ असोज१६ मा सम्झौता भएको थियो। यसरी पेस भएकामध्ये बोलपत्रमा संयुक्त उपक्रमको अख्तियारनामा पेस नगरेको, विदेशी साझेदारको हकमा कम्पनी दर्ता र व्यवसाय दर्ता समेतका कागजात नोटराइज्ड एवं दूतावासबाट प्रमाणीकरण नभएको र पेस गरेको बोलपत्र सक्कल बोलपत्रका केही प्रावधानसँग नमिलेको आधारमा ९ बोलपत्र अप्रभावग्राही भएका थिए। 

ती बोलपत्रदाताको वास्तविक प्राविधिक क्षमताको मूल्याङ्कन नै नहुने अवस्था रहेकोले यसरी आर्थिक मूल्याङ्कनमा एक मात्र बोलपत्र बाँकी रहन गइ लागत अनुमान मूल्य अभिवृद्धि करबाहेक १ अर्ब २१ करोड २८ लाखको ०.१९ प्रतिशतमात्र न्यून रकमको बोलपत्र स्वीकृत भएकोले सो खरिद कार्य प्रतिस्पर्धात्मक र मितव्ययी भएको भन्न सकिने अवस्था नरहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

सिफारिस
सर्वोच्चको भवन निर्माणमा अख्तियारका ७ प्रश्न : निलम्बित प्रधानन्यायाधीशले गैरकानुनी काम गरेका हुन्?

 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्