काठमाडौं - पत्रकार बसन्त प्रकाश उपाध्यायको बिहीबार निधन भएको छ।
अचेत अवस्थामा सिमरामा भेटिएका उपाध्यायलाई उपचारका लागि हिजो पर्सा लगिएको थियो। पर्सामा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।
उनी पछिल्लो समय डिप्रेसनबाट पीडित थिए।
तनहुँमा जन्मिएका उपाध्याय गोरखापत्रका पूर्वमहाप्रबन्धक हुन्। उपाध्याय साहित्य र पत्रकारिताको लेखनमा अब्बल थिए।
नेपाल प्रेस युनियनका पूर्वसल्लाहकार उपाध्यायको निधन भएको थप पुष्टि युनियनका अध्यक्ष शिव लम्सालले आफ्नो फेसबुक स्टाटसमार्फत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।