काठमाडौं– प्रतिनिधि सभा बैठक चलिरहेका बेला सांसद भरत खड्का अचानक लडेका छन्।
बिहीबार बसेको बैठकमा रास्वपाका सांसद सोम शर्मा बोलिरहेका बेला आफ्नै कुर्सीमा बसिरहेका खड्का एक्कासि लडेका थिए। उनी लडेपछि कांग्रेसका सांसदहरू उठाउन दौडिएका थिए।
घटनापछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्दाबोल्दै रोकेका थिए।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार, खड्कालाई उक्त रक्तचाप देखिएको छ ।
‘त्यहीँ (संसद् सचिवालय) चेकचाँज गर्दा यस्तो देखिएको हो,’ गिरीले भने, ‘अहिले उहाँलाई सामान्य परीक्षणपछि वीर अस्पताल लगिँदैछ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।