फाइल तस्बिर।
काठमाडौं– बिहीबार पनि राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठकमा दिगो विकास तथा सुशासन समितिका ज्येष्ठ सदस्य वामदेव गौतमले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७७/०७८ सभामा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
यस्तै, विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७७/०७८ सभासमक्ष प्रस्तुत गर्ने, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा पठाइएका औषधि (तेस्रो संशोधन) विधेयक, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन), २०७९, रेल्वे विधेयक २०७९ प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभामा गराउने कार्यसूची छ।
त्यस्तै, खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाइ विधेयक,२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियास् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक,२०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।