काठमाडौं– सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको लम्कीमा २०७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ।
बैंकले बुधबार लम्कीचुहा नगरपालिका–५ चौरीमा रहेको जनजागृति माध्यामिक विद्यालयमा अध्यनरत विपन्न, गरिब तथा जेहेन्दार २०७ विद्यार्थी बालबालिकालाई उनीहरुको पठनपाठनमा सहयोग पुगोस् भनेर शैक्षिक झोला सहयोग गरेको बैंकको लम्की शाखाका प्रमुख मातृका खड्काले जानकारी दिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश बडुवालको अध्यक्षता तथा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीको उपस्थितिमा सहयोग सामग्री वितरण गरेको थियो।
उक्त कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष माया विष्टको समेत सहभागिता थियो। लम्कीमा बैंकको शाखा स्थापना भएसँगै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समुदायमा विभिन्न कार्यक्रम गर्दै आएको छ।
पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वलाई निकै प्राथमिकता दिँदै सन्राइज बैंकले देशव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ।
शिक्षा, स्वास्थ्य, बैंकिङ साक्षरता, वातावरण संरक्षण लगायतका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम भइरहेको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।