धनगढी–नेपाली कांग्रेसबाट प्रदेश सभामा निर्वाचित कर्ण मल्ल पदमुक्त भएका छन्। बुधबार बसेको प्रदेश सभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले मल्लको राजीनामा पत्र पढेर सुनाएपछि उनी पदमुक्त भएका हुन्।
वैशाखमै राजीनामा घोषणा गरे पनि उनले जेठसम्मको सुविधा भने लिएका छन्।
पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेकाले राजीनामा गरेको भन्दै मल्लले पठाएको पत्र सभामुखले पढेर सुनाउँदै पदमुक्तको घोषणा गरेका हुन्।
मल्लले गत वैशाख १५ गते डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै प्रदेश सभा सदस्यबाट राजीनामाको घोषणा गरे पनि सभामुखलाई पत्र बुझाएका थिएनन्। त्यसयताका सबै सुविधा उनले लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।