धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको छ। बुधबार साँझ बसेको बैठकले बजेट बहुमतबाट पारित गरेको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरे।
बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले प्रदेश सभा निरन्तर अवरोध गर्दै आएको थियो। बुधबार मु्ख्यमन्त्री त्रिलोचन भट्टसहित प्रदेश सरकारका मन्त्रीसँग भएको छलफलमा एमालेसहित प्रतिपक्षी दलहरु प्रदेश सभा बैठक सन्चालनका लागि सहमत भएका थिए।
बजेटमाथि संशोधन गर्नुपर्ने भन्दै एमालेले अगाडि सारेका १४ बुँदे माग कार्यान्वयन गर्न प्रदेश सरकार तयार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।