काठमाडौं– नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले बिहीबार (भोलि) केन्द्रीय कार्यसमितिको बैठकमा जवाफ दिने भएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको आलोचना भएको अवस्थामा भोलि बस्ने बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने कार्यक्रम राखिएको हो।
सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको हो। बुधबारको बैठकमा केही केन्द्रीय सदस्यहरुले सरकारको चर्को रुपमा आलोचना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।