काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध केन्द्रीय सदस्यहरुले चर्को आलोचना गरेका छन्।
जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले महामन्त्रीद्वयको आलोचना गरेका हुन्।
‘महामन्त्री कुनै गुटको भेलामा जानु भएन। उहाँ पार्टीको महामन्त्री हो त्यस्तै बन्न सक्नुपर्याे,’ केन्द्रीय सदस्य केशव बुढाथोकीको भनाइ उधृत गर्दै एक नेताले भने, ‘तपाईंहरुलाई भोलि बहिष्कार गर्नुपर्ने समय नआओस्।’
केन्द्रीय सदस्य राजीव ढुंगानाले पनि महामन्त्री हिजो उम्मेदवार बन्दा कुनै गुटको भए पनि अहिले पार्टीको महामन्त्री भएको भन्दै गुट भेला गर्नु उचित नभएको बताए।
‘महामन्त्रीलाई नै हामीले बहिष्कार गर्नुपर्ने होला। केटाकेटी जस्तो हुनुभएन। भोलि तपाईंहरुलाई बहिष्कार गर्ने बेला नआओस्,’ उनको भनाइ थियो।
यस्तै अन्य केन्द्रीय सदस्यहरुले पनि महामन्त्री मिडियामा मात्रै केन्द्रित हुन नहुने बताएका थिए।्
‘महामन्त्रीले कार्यकर्ताको हौसला बढाउने गरेर बोल्नुपर्याे सरकारकै आलोचना गर्ने हिसाबले बोल्न भएन,’ केन्द्रीय सदस्य रामजनम चौधरीको भनाइ उधृत गर्दै ती नेताले भने, ‘निराश हुने गरेर बोल्न भएन। कार्यकर्तालाई हौसला दिने गरेर बोल्नुपर्याे।’ बुधबारको बैठकमा ४८ जना केन्द्रीय सदस्यहरुले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।