काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा प्रदेश खारेज गर्ने प्रस्ताव राखिएको छ।
केन्द्रीय सदस्य भीम पराजुलीले यस्तै अवस्थामा प्रदेश सरकार रहे यो भन्दा ठूलो वेथिति, नैराष्यता र वितृष्णा बढ्नुका साथै आर्थिक संकट सिर्जना हुने बताएका छन्।
यसलाई कि बलियो बनाउन र नभए हटाउन उनले माग गरेका छन्। यसैगरी उनले धर्म निरपेक्षता हटाउन पनि प्रस्ताव गरेका छन्।
धर्मान्तरण भइरहेको बताउँदै धार्मिक स्वतन्त्रता कायम गर्न केन्द्रीय कार्यसमिति अजेन्ड पास गर्नुपर्ने उनको भनाइ छ।
'हिन्दु धर्मलाई मुख्य अजेन्डा बनाइ नेपाली कांग्रेसले धर्मनिरपेक्षता हटाइ धार्मिक स्वतन्त्रता कायम गर्न केन्द्रीय कार्यसमितिमा माग गर्दछु,' उनले भनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।