• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सर्वोच्चको भवन निर्माणमा अख्तियारका ७ प्रश्न : निलम्बित प्रधानन्यायाधीशले गैरकानुनी काम गरेका हुन्?

64x64
दुर्गा दुलाल बिहीबार, असार ३०, २०७९  १०:०५
1140x725

काठमाडौं– सर्वोच्च अदालतको भवन निर्माणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात वटा प्रश्न उठाएको छ। नेपाल लाइभलाई प्राप्त विवरण अनुसार आयोगले भवन निर्माणका लागि भएको ठेक्काको बोलपत्रदेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको भूमिकासम्ममा प्रश्न उठाएको छ।  

राणाले ‘सेटिङ’ गरेर भवन निर्माणको ठेक्का एउटा मात्र कम्पनीलाई दिन मिल्ने गरी बोलपत्र आह्वान गरेको आरोप छ। निश्चित कम्पनीलाई ठेक्का दिन बोलपत्र हाल्ने अन्य कम्पनीलाई अयोग्य घोषणा गर्न राणाको संलग्नता भएको वा नभएकोबारे अख्तियारले प्रश्न उठाएको हो।

अख्तियारले हाल बिदामा रहेका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरको संलग्नताबारे पनि प्रश्न उठाएको छ। अख्तियारले सर्वोच्चलाई २०७९ वैशाख ४ गते पत्र लेखेर प्रश्न सोधेको खुलेको हो। उक्त पत्रको जवाफ सर्वोच्चले वैशाख १६ गते नै दिइसकेको छ। 

अख्तियारले पत्र पठाउँदा प्रधानन्यायाधीश राणा महाभियोग लागेर निलम्बनमा परिसकेका थिए। राणा निलम्बन हुनुअघि पनि अख्तियारले सर्वोच्चलाई पत्र लेखेको थियो। उक्त पत्र प्रधानन्यायाधीशको सचिवालयमै हराएको थियो। अख्तियारले दोस्रो पटक पहिलेकै सात वटा प्रश्न राखेर पत्र पठाएको थियो।

फागुन १ गते कामु प्रधानन्यायाधीशको जिम्मेवारी दीपककुमार कार्कीले सम्हालेपछि अख्तियारले भवन निर्माणको अनियमिततामा छानबिनको लागि फेरि चासो देखाएको थियो। राणा सर्वोच्चको नेतृत्वमा हुँदा भवन निर्माण फाइल अख्तिायरले तामेलीकै अवस्थामा राखेको थियो। कामु प्रधानन्यायाधीश कार्कीले उक्त फाइलबारे चासो देखाएपछि अख्तिायरले पुनः पत्र पठाएको थियो।

अख्तियारले पहिलो प्रश्न सार्वजनिक खरिद नियमावलीको पालनाबारे सोधेको थियो। अन्तर्राष्ट्रिय सञ्चार माध्यममा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान र पाँच अर्बभन्दा बढीको ठेक्कामा विदेशी कम्पनीले ज्वाइट भेन्चर नगरी एकल रुपमा प्रतिस्पर्धा गर्न पाउनुपर्नेमा सर्वोच्चले नदिएकोमा भन्दै अख्तियारले प्रश्न उठाएको छ। त्यस्तै एकल रुपमा ठेक्का पाएको कालिका समानान्तर जेभीले पाउनुपर्ने कारण र यसमा मिलेमतो भएको र ठेक्का दिएबापत भ्रष्टाचार गरिएको विषयमा पनि अख्तियारले प्रश्न उठाएको छ। अख्तियारले पठाएको पत्रको जवाफ रजिष्ट्रार नारायण पन्थीले दिएका थिए।

सर्वोच्चले अख्तियारलाई जवाफ दिँदा बोलपत्र अह्वान सम्बन्धी सूचना, बोलपत्र खोलेको मुचुल्का, बोलपत्र सम्बन्धी कागजात, बोलपत्र मूल्यांकन सम्बन्धी प्रतिवेदन र २०७७ फागुन ३ गते राणाले गरेको निर्णयको प्रतिलिपी पठाएको थियो। 

Akhtiyar1657774571.jpgSarborcha1657774571.jpg

Ncell 2
Ncell 2
nimb
nimb

अख्तियारले अर्को प्रश्नमा सर्वोच्चको भवनको लागत अनुमान ५ अर्ब २२ करोड बनाउनुपर्ने भएपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सूचना किन प्रकाशित गरिएन र सार्वजनिक खरिद ऐनको दफा १४(४) अनुसार ४५ दिनको अवधि दिनुपर्ने बाध्यात्मक व्यवस्था उल्लंघन गर्दै नेपाली पत्रिकामा ३० दिन मात्र दिनुले निलम्बित प्रधानन्यायाधीश राणा र मुख्य रजिष्ट्रार कुँवरले गैरकानुनी काम गरेको स्पष्ट भएन र? भनी सोधेको थियो।

सर्वोच्चले यो  प्रश्नमा ३० दिनको मात्र बोलपत्र किन र कसका लागि दिइएको हो र त्यसमा राणाको संलग्नता भएको हो कि होइन भनी सोधेको थियो। अख्तियारले तेस्रो  प्रश्नमा चार वटा कम्पनीमध्ये समानान्तर जेभीको मात्र योग्यता पुग्नुको कारण मागेको छ।

परियोजनाको लागत अनुमान गर्ने बेलादेखि बोलपत्रदाता कम्पनीको योग्यता, गर्नुपर्ने कामको विवरणसमेत आफ्नो अनुकूल बनाउन गरेको प्रयत्न र त्यस कामका लागि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश राणा र मुख्य रजिष्ट्रार कुँवरले गरेको सहयोगको परिणाम भन्ने प्रष्ट देखिने हो कि होइन भनेर पनि अख्तियारले प्रश्न उठाएको छ। यो प्रकरणमा अख्तियारले सुरुमा सर्वोच्चको भवन निर्माणमा कति लाग्ने हो भनेर अनुमान गर्नेदेखि नै सर्वोच्चको अगुवाइमा किन काम भयो भनेर पनि प्रश्न गरिएको छ।

त्यस्तै अख्तियारले सोधेको चौँथो प्रश्नमा ३० दिनको अवधि समाप्त भएपछि एक साता संशोधनका लागि दिनुपर्नेमा एक दिन मात्र दिनुमा समानान्तरको मिलेमतो र उसलाई नै ठेक्का दिन थप म्याद नदिइएको हो कि हैन भनेर पनि प्रश्न गरेको छ। 

यो पनि पढ्नुहोस्- सर्वोच्चको भवन निर्माणमा सेटिङ : चोलेन्द्रले दिएको ठेक्का छानबिन गर्न कस्सिए कामु प्रधानन्यायाधीश

पाँचौँ प्रश्नमा अख्तियारले भवन निर्माणका लागि निर्माण व्यवसायीले समय माग गर्दा नदिएको र प्राविधिक मूल्यांकनलाई पनि रुजु नभएको जनाइएको छ। त्यस्तै, छैटौँ प्रश्नमा जसरी पनि समानान्तरलार्ई ठेक्का दिने र अन्य प्रतिस्पर्धीलाई वञ्चित गर्ने कार्य बोलपत्रमा राखेको स्पेसिफिकेसनबाट देखिएको भन्दै निर्माण व्यवसायी महासंघले सर्वोच्चमा दिएको पत्र र रिट दर्ता गर्न खोज्दा नदिएको तथा निवेदनमाथि कुनै सुुनुवाइ नभएको विषयमा जवाफ मागेको थियो। 

अख्तियारले सातौँ प्रश्नमा राज्यका अन्य निकायमा भ्रष्टाचार भएमा अनुसन्धानपछि सर्वोच्च अदालतमा मुद्दा चल्ने, तर सर्वोच्च अदालतकै निलम्बित प्रधानन्यायाधीश र मुख्य रजिष्ट्रारले आफैँ भवन बनाउँदा गैरकानुनी काम गर्दा कहाँ जाने र कसरी गर्ने भनी प्रश्न सोधेको छ।

सर्वोच्चले यी सबै प्रश्नमा जवाफ दिँदै समानान्तर जेभीलाई ठेक्का दिने विषयमा कुनै भ्रष्टाचार र मिलेमतो नभएको जनाएको छ। सर्वोच्चले करिब १० पानामा अख्तियारलाई जवाफ लेखेको छ। सर्वोच्चले ठेक्कामा कुनै मिलेमतो नभएको र अख्तियारले प्रशासनिक कार्यमा अनुसन्धान गर्नसक्ने जनाएको छ। त्यसैगरी सार्वजनिक खरिद नियमावली मिच्ने अभ्यास नभएको र त्यसको पालना गरेर भवनको ठेक्का दिएको दाबी पनि सर्वोच्चको छ। 

सर्वोच्चको भवन रहेकै पछाडि नेपाली सेनाको क्याबलरी रहेको भागमा नयाँ भवन बनाउन २०७७ चैत १९ मा कालिका–समानान्तर जेभीसँग करिब ५ अर्ब १९ करोड ८६ लाख ३२ हजारमा सम्झौता भएको थियो। २०८० चैत १८ मा बनाइसक्ने गरी ठेक्का पाएको उक्त कम्पनीले अहिलेसम्म करिब ७४ करोड भुक्तानी पनि लगिसकेको छ।

तर, उक्त भवन बनाउन नियमविपरीत ठेक्का लगाइएको र भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। आफ्नै अगुवाइमा भएको भवन ठेक्काको काममा अनियमितताको आरोप लागे पनि प्रधानन्यायाधीश राणाले छानबिन अगाडि बढाएका थिएनन्। 

कामु प्रधानन्यायाधीश कार्कीले भवन निर्माणमा भएको भ्रष्टाचारमा छानबिन अघि बढाउन थालेका छन्। राणा निलम्बनमा रहेको र मुख्य रजिष्ट्रार कुँवर पनि विवादमा तानिएपछि कामु प्रधानन्यायाधीश कार्कीकै दबाबमा बिदामा बसेका छन्। असोजसम्म कार्यकाल रहेका कामु प्रधानन्यायाधीश कार्कीले आफ्नो कार्यकालमा सर्वोच्चको भवन निर्माणमा करिब १ अर्ब भ्रष्टाचार भएको भन्ने विषयमा छानबिन गरेर दोषीहरूलाई कारबाहीको दायरमा ल्याउने बताएका छन्। उनले आफ्नो कार्यकालमा यसको टुङ्गो लगाउने र भ्रष्टाचारको विषयमा शून्य सहनशीलता कायम गर्ने पनि बताएका छन्।

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो, भारत निर्यात पनि कटौती बिहीबार, भदौ १८, २०८३
संसद्‌मै प्रेसर हाई भएर लडे सांसद खड्का बिहीबार, भदौ १८, २०८३
‘विदेशी टोलीलाई ढिला अनुमति दिएर के अर्थ ?’ भन्दै सरकारमाथि खनिइन् सांसद शर्मा बिहीबार, भदौ १८, २०८३
‘बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेकै हो’: बासना थापा बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्