• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्‌मा 'एम अधिकारी' को चर्चा

64x64
नेपाल लाइभ बुधबार, असार २९, २०७९  १७:२५
1140x725

काठमाडौं– एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा हालै जारी अन्तरपार्टी निर्देशनमा पार्टीको अर्थ तथा योजना विभागमा एक सदस्य देखिए- एम अधिकारी- खोटाङ। सो व्यक्ति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएको चर्चा चलिरहेको छ। सो विषयले बुधबारको प्रतिनिधि सभा बैठकमा पनि चर्चा पायो।

प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्र र कांग्रेस सांसदले एम अधिकारीलाई महाप्रसाद अधिकारीकै रुपमा प्रस्तुत गर्दै विरोध जनाएका हुन्। सभामुखसँग विशेष समय लिएर बोलेकी माओवादी केन्द्रकी सांसद रेखा शर्माले प्रश्न गरिन्, ‘गभर्नर जस्तो व्यक्ति प्रचलित कानुन विपरीत कुनै पनि दलको विभागको सदस्यको रुपमा रहँदाखेर उहाँले यो देशको नीति पालना गर्नुहुन्छ कि प्रतिपक्षको नीति पालना गर्नुहुन्छ?’

प्रचलित कानुन, नियमावलीले राष्ट्र बैंकका गभर्नर तथा डेपुटी गभर्नरमा नियुक्त हुनाका लागि कुनै पनि दलमा आबद्ध हुन नहुने व्यवस्था गरेको विषय शर्माले संसद्‌ बैठकमा स्मरण गराइन्। 'हाम्रो प्रचलित कानुन, नियमावलीले राष्ट्र बैंकका गभर्नर तथा डेपुटी गभर्नरमा नियुक्त हुनाका लागि कुनै पनि दलमा आबद्ध हुन नहुने व्यवस्था छ। त्यो व्यवस्थाको विपरीत नियुक्त गर्ने र हुने प्रयास भयो। यो कानुन विपरीत छ। ऐन विपरीत छ। नियमावली विपरीत छ', शर्माको भनाइ थियो।

शर्माले सार्वजनिक भएका विषयमा गम्भीर ढंगले छानबिन गर्न र दोषीमाथि कारबाही गर्न ‍नेपाल सरकारको ध्यानाकर्षण गराइन्।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्माको विषयलाई पनि माओवादी केन्द्रका सांसदले यही सन्दर्भमा जोडेका थिए। माओवादी सांसद् अमृता थापाले भनिन्, 'यसपालिको बजेट चकलेट खानुभन्दा दूध पिउनु र कस्मेटिक दल्नुभन्दा कृषि उत्पादनतिर केन्द्रित भएर आएकाले ठीकै होला भन्ने लाग्दै गर्दा पुलपुलिएको छोराले 'नाइ मलाई त्यही केटी चाहिन्छ' भन्ने प्रतिपक्षको हठ अर्थमन्त्रीको हकमा पनि देखियो। अर्थ संकटको नेतृत्व गर्नुपर्ने अर्थमन्त्रीको राजीनामापछि वित्तीय अनुशासन लागू गर्ने बेलामा राष्ट्र बैंक ऐन विपरीत आज पत्रपत्रिकामा आएझैं कुनै अमुक पार्टीको सदस्य राष्ट्र बैंकको गभर्नर भएको भए तुरुन्त छानबिन गरी संविधान कानुनको रक्षा गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु।'

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी केन्द्रकै सांसद गजेन्द्र महतले एमाले अध्यक्ष केपी शर्मा ओली र महाप्रसाद अधिकारी दुवैको नाम लिएनन्, तर दुवैलाई जोडेर व्यंग्यमिश्रित सम्बोधन गरे। 'मलाई शंका लागिरहेकै थियो। एकजना बार्दलीबाट 'यो देशलाई श्रीलंका बनाइदिऊँ?' भन्ने थिए। एकजना ढुकुटीमाथि बसेर म पनि 'यो देशलाई श्रीलंका बनाइदिऊँ?' भन्दै थिए। यी दुई जनामा नाता पर्छ कि जस्तो लागेको थियो मलाई। नभन्दै यिनीहरु बा र छोरा रहेछन्', महतले भने।

उनले यी (ढुकुटीमा बस्ने व्यक्ति) आफूलाई बार्दलीका हनुमान हुन् कि जस्तो पनि लाग्ने गरेको बताए। 'नभन्दै यी हनुमान पनि रहेछन्। किनभने द्वापर युगमा यिनले श्रीलंका जलाएका थिए। अहिले पनि श्रीलंका जलिरहेकै छ। नेपाल पनि जलाउँछन् जस्तो लागिरहेको छ, यी हनुमानले। हिजोआज जलाउन खोजिरहेका छन्। यिनलाई बाँधेर राख्नुपर्‍यो। सरकारलाई भन्नुपर्‍यो, यिनलाई बाँधेर राख्नुस्। नत्र यिनले नेपाल जलाउँछन्', महतले भने।

कांग्रेस सांसद गगन थापा पनि यही लहरमा उभिए। थापाले मूलतः आगामी मौद्रिक नीति कस्तो हुनुपर्ने सुझाव दिएका थिए। तर, सम्बोधनको अन्तिममा अधिकारीमाथि व्यंग्य मिसाए। उनको भनाइ थियो, 'मैले गरेको यो सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो। नेपाल कम्युनिस्ट पार्टी एमालेका अर्थ तथा योजना विभागका सदस्य मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर उहाँले बुझ्नुभएमा क्षमा चाहन्छु।'

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सत्ता पक्षकै सांसद‌बाट एकोहोरो प्रहार भइरहेपछि एमालेका सांसद कृष्णभक्त पोखरेल बचाउमा उत्रिए। पोखरेलले अर्थ मन्त्रालयको अक्षमता लुकाउन र विषयान्तर गर्न 'एम अधिकारी'को प्रसंग ल्याइएको बताए।

'एम अधिकारी भन्ने व्यक्ति नेकपा एमालेको अर्थ विभागमा रहेको र उहाँ राष्ट्र बैंकको गभर्नर हो भने सत्ता पक्षका सांसदहरुले अर्थ मन्त्रालयको असक्षमता लुकाउनका लागि विषयान्तर गरी मनोगत भावना राखेको देख्दा आफैंलाई दयाभाव जागिरहेको छ', पोखरेलको भनाइ थियो।

स्वयं गभर्नर महाप्रसादले आफू कुनै पार्टीमा छैन भन्ने वक्तव्य दिइसकेको विषयलाई संसद्‌मा प्रश्न उठाउन नमिल्ने पोखरेलको दाबी थियो।
 

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्