काठमाडौं- बुधबार राजीनामा दिने भनेका श्रीलंका राष्ट्रपति गोटाबाया राजपाक्षे राजीनामा नदिइ भागेको खुलेको छ।
राष्ट्रपति राजापाक्षले जुलाई १३ को मितिमा अग्रिम राजीनामा दिइएको खबर आइरहेकका बेला श्रीलंकाका सभामुखले राजीनामा नदिएको खुलाएका हुन्। सभामुख महिन्दा यापा अभयवर्दनेले राष्ट्रपति राजपाक्षेले हालसम्म राजीनामा नदिएको, तर त्यसका लागि प्रयास भइरहेको बताएका छन्।
उनले भनेका छन्, 'राष्ट्रपतिले आफ्नो राजीनामा आज पठाउने बताएका छन्। त्यसको व्यवस्था भइरहेको छ।'
गोटाबायाले आफूलाई फोन गरेर राजीनामा पठाइदिने बचन दिएको उनको भनाइ छ। उनले शनिबार नै बुधबार राजीनामा दिने बताइसकेकाले आफ्नो पूर्व घोषणालाई कायम राख्ने विश्वास रहेको बताए।
राष्ट्रपति राजपाक्षेको राजीनामा नआएको भन्दै सडकमा प्रदर्शन अझै तीव्र बनेको छ। प्रधानमन्त्रीको कार्यालय घेरेर रनिल विक्रमासिंघेको समेत राजीनामा मागिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।