काठमाडौं– प्रतिनिधि सभाको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस भएको छ। गृहमन्त्री बालकृष्ण खाणले बुधबारको बैठकमा विधेयक पेस गरेका हुन्।
नागरिकता विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र भीमबहादुर रावलले विरोधको सूचना प्रस्तुत गरेका थिए। उनीहरुको प्रस्तावलाई प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्दा अस्वीकृत भएको थियो।
सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयक दुई वर्ष प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएर सदनमा फर्किएको थियो।
तर, केपी ओली नेतृत्वको सरकार परिवर्तन भएर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक वर्षपछि सो विधेयक फिर्ता लिइएको थियो। विचाराधीन विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक दर्ता गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।