काठमाडौं– नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेतृत्वको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ।
राष्ट्रपतिका प्रेस विज्ञ टिकाप्रसाद ढकालका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओसहित प्रतिनिधिमण्डलका सदस्यहरुले बुधबार बिहान राष्ट्रपति भण्डारीलाई भेटेका हुन्। भेटमा नेपाल–चीन सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ।
लिउ नेतृत्वको ८ सदस्यीय टोली आइतबार बिहान काठमाडौं उत्रेको थियो। ४ दिनको नेपाल बसाइपछि नेता लिउ नेतृत्वको आज (बुधबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।