काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन्।
त्यसक्रममा बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको प्रतिमामा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका थिए।
प्रज्ञा–प्रतिष्ठानद्वारा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना भएको प्रभातफेरीसहितको शोभायात्रापछि प्रतिमामा माल्यार्पण गरिएको हो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।