काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दैछ। बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ।
सोमबारदेखि सुरु भएको बैठकमा बुधबार स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ संघसंगठनको विधानसहित विविध विषयमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने केन्द्रीय सदस्य राजीवविक्रम शाहले बताए।
मंगलबारको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए।
बैठकमा नेताहरू रामचन्द्र पौडेल, चित्रलेखा यादव, उमा रेग्मी, जीपछिरिङ लामा, पदमनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, रमेश लेखक, अमृत अर्याल, कर्णबहादुर बुढा, डा गोपाल दहित, योगेन्द्र चौधरीले आफ्नो धारणा राखेका थिए।
त्यसैगरी, केन्द्रीय सदस्यहरू गेहेन्द्र गिरी, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उमेशजंग रायमाझी, उदयशम्शेर राणा, जीतजंग बस्नेत, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, दिलमान पाख्रिन, महेन्द्रकुमारी लिम्बू, रामहरि खतिवडा, सरस्वती वजिमय, प्रकाश रसाईली स्नेही, रंगमती शाही, कुन्दनराज काफ्ले, प्राडा गोविन्दराज पोखरेल, नानु बास्तोला र सुशीला थिङले आ–आफ्नो धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।