काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको टोली बुधबार स्वदेश फर्किँदैछ। त्यसअघि उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन्।
राष्ट्रपति कार्यालयका अनुसार बिहान साढे १० बजे शीतल निवास पुगेर चिनियाँ टोलीले राष्ट्रपति भण्डारीलाई भेट्ने कार्यक्रम छ। त्यसपछि उनीहरू लिउ बुधबार बिहान ११:४५ बजे स्वदेश फर्किनेछन्।
लिउ नेतृत्वको प्रतिनिधि मण्डलले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतसँग भेटवार्ता गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।