काठमाडौं- काठमाडौं उपत्यकाका मेयर बालेन शाहले आफूलाई काम गर्न नदिएको र अवरोध भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा मंगलबार राति असन्तुष्टि पोख्दै बालेनले स्टाटस लेखेका थिए।
'काम गर्न देऊ, डिस्टर्ब नगर' भन्दै लेखेका बालेनले उक्त स्टाटस समय केही समयपछि नै हटाएका थिए। उनले हटाउनु अघिको उनको स्टाटसको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।
गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा स्वतन्त्रबाट मेयरका ठूलो मत अन्तरसहित विजयी बालेन पछिल्लो समय आलोचना खेप्न बाध्य छन्। यम बुद्धको सालिक बनाउने र मकै पोल्ने ठेला हटाउने जस्ता विषयमा बालेको चर्को आलोचना भइरहँदा उनले यस्तो लेखका हुन्। तर उनले उक्त स्टाटस राखेर पछि हटाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।