काठमाडौं- नेपाल पौडी सङ्घको आयोजनामा भएको १०औँ एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर याह्या हुसेन र डुवाना लामाले नयाँ कीर्तिमान राख्न सफल भएका छन्।
नासिरले १०० मिटर ब्यास्ट्रोकमा तेन्जिन नामडोल रायन गुरुङ्गले हिट चरणमा कायम गरेको १ मिनेट ५.८७ सेकेन्डको कीर्तिमानलाई भङ्ग गर्दै १ मिनेट ४.४६ सेकेन्डका साथ नयाँ कीर्तिमान कायम गरेका हुन्।
यसैगरी नासिरले १०० मिटर बटरफ्लाइमा १९ मार्च २०२१ मा सिङ्गापुरमा आयोजना भएको ५१औँ सिङ्गापुर राष्ट्रिय उमेर समूह आमन्त्रण कपमा सायद हम्जा शाहले राखेको ५९.९४ सेकेन्डको रेकर्ड भङ्ग गर्दै अर्को ५९.६० को नयाँ कीर्तिमान कायम गरेका छन्।
यस्तै डुवानाले आफैंले हिट चरणमा आफैँले कायम गरेको ३५.८९ सेकेन्डका समयमा सुधार गर्दै ३५.८३ को नयाँ कीर्तिमान कायम गरेकी हुन्। यसअघि हिट चरणमा तेन्जिनले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा यसै प्रतियोगताको अघिल्लो संस्करणमा राखेको १ मिनट ८.२५ सेकेन्डको कीर्तिमानमा सुधार गर्दै १ मिनट ५.८७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे।
डुवानाले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा २५ सेप्टेम्बर २०१९ मा भारतको बेङ्गलोरमा आयोजना भएको एसियन उमेर समूह च्याम्पियनशिपमा राखेको ३५.९४ सेकेन्डको कीर्तिमानमा सुधार गर्दै ३५.८९ सेकेन्डका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन्।
निसर्ग वाटिका च्याम्पियन
निसर्ग वाटिका स्कुल १०औँ एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ। निसर्गले १० स्वर्ण, १० रजत र १३ कास्य पदक प्राप्त गर्दै १०९ अङ्क हासिल ग¥यो।
दोस्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ९ स्वर्ण, १० रजत र ८ कास्यका साथ ९६ अङ्क तथा तेस्रो स्थानमा रहेको लिटल एन्जेल्स स्कुलले एक स्वर्ण, ३ रजत र ३ कास्यका साथ २२ अङ्क प्राप्त ग¥यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।