काठमाडौं– निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायतलाई मतदान गर्न व्यवस्था मिलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
प्रदीक्षा केसी लगायतले गृह मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्। संविधानले सबै नागरिकलाई मतदानको अधिकार दिएकाले निर्वाचनमा खटिनेलाई पनि समानुपातिकतर्फको मतदानको अधिकार दिनुपर्ने उनीहरुले रिटमा माग गरेका छन्।
समानुपातिकतर्फ मतदान गराउन कुनै समस्या नहुने भएकाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा यस्तो व्यवस्था गर्नू भनि आयोग र गृहमन्त्रालयको नाममा अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।