काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले पाँचवटा विधेयक प्रमाणित गरेका छन्। सापकोटाले संघीय संसद्का दुवै सदनबाट विभिन्न मितिमा पारित भएका विधेयकहरु मंगलबार प्रमाणित गरेका हुन्।
सभामुखले लोक सेवा आयोग सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणित गरेका हुन्।
त्यस्तै, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पनि प्रमाणित गरेका छन्।
प्रमाणित विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएपछि कानुनी रुप लिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।