काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेपालमा कांग्रेस र कम्युनिस्ट एउटै सिक्काका दुई पाटोजस्तो बन्न पुगेको बताएका छन्।
आफू पक्षले आयोजना गरेको पार्टी केन्द्रीय समितिको विस्तारित बैठकमा प्रस्तुत गर्न तयार गरेको प्रतिवेदनमा उनले दुवै दलले वर्तमान संविधानलाई संसारको उत्कृष्ट संविधान भन्दै दीपावली गरेको स्मरण गराएका छन्।
'दुवै दल संघीयता, समावेशिता, प्रत्यक्ष सहभागितामुलक लोकतन्त्र, समानुपातिकता, सकारात्मक विभेद, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा उस्तै र उत्तिकै अनुदार देखिन्छन', प्रतिवेदनमा भनिएको छ।
कांग्रेसले अभ्यास गरिरहेको नवउदारवादी अर्थनीतिभन्दा फरक एमाले, माओवादी र एसमाजवादीले कुनै तात्विक भिन्नता भएको अर्थनीति प्रस्तुत गर्न नसकेको उनको भनाइ छ।
यस्तो छ भट्टराईको प्रतिवेदनको पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।