काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेकी छन्।
चितवनका विकासका मुद्दा र समस्या लिएर उनी मंगलबार बिहान प्रधानन्त्री देउवासँगको छलफलका लागि बालुवाटार पुगेकी हुन्। उनको साथमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि बालुवाटार पुगेका थिए।
भरतपुर विमानस्थलको विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण, माडी क्षेत्रको भूमिगत विद्युतीकरण र माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नतिलगायतका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको मेयर दाहालले बताएकी छन्।
यी काम तत्काल अघि बढाउन प्रधानमन्त्री देउवाले सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन्। भेटमा सरकार मुख्य सचिव शंकरदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मासहितको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।