काठमाडौं– नेपाल भ्रमणमा रहेको चिनियाँ टोली र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली ओलीलाई भेट्न मंगलबार बिहान ओलीनिवास बालकोट, भक्तपुर पुगेको हो।
भेटमा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई, उपमहासचिव विष्णु रिमालगायतका नेताहरू पनि सहभागी छन्।

चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खडंकासँग भेट गरेको थियो। यस्तै, सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।